कुनै व्यक्ती वा निजको प्रतिनिधिले आफ्नो स्वामित्वमा रहेको कित्ताको फिल्ड रेखांकनको लागि देहाय बमोजिमको कागजात संलग्न गरि जग्गा चाप जाँच तथा नक्सा श्रेस्ता अध्यावधिक सम्बन्धि निर्देशीका, २०८१ को अनुसूची-२० को निवेदन कार्यालयमा निवेदन पेश गर्न सक्नेछ।
क. जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपी
ख. नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
ग. चालु आ.व. को तिरो तिरेको रसिदको प्रतिलिपी
घ. रेखांकन माग गरिएको कित्ता देखिने नक्सा प्रिन्ट
ङ. पारित लिखतको प्रतिलिपी